पोखरा । सूर्य अधिकारी र विश्व अधिकारीको जोडीले पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना गरेको तेस्रो वडाध्यक्ष कप व्याडमिन्टन प्रतियोतिगता २०८१ को उपाधि जितेको छ ।
५० वर्षभन्दा मुनिको उमेर समूहमा अधिकारीको जोडीले सूर्य पौडेल र एक मगरको जोडीलाई २ शून्यको सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।
युनिक ब्याडमिन्टन पोखराको व्यवस्थापनमा भएको प्रतियोगितामा ५० वर्षभन्दा माथिको उमेर समूहमा उपेन्द्र श्रेष्ठ र राम श्रेष्ठको जोडी प्रथम भएको छ । सो जोडीले सरोज श्रेष्ठ र चिजकाजी गुरुङ २ शून्यको सोझो सेटले पराजित गरी प्रथम भएको हो ।
बराल पार्टी प्यालेसको ब्याडमिन्टन कोर्टमा भएको प्रतियोगितामा ५० वर्षभन्दा मुनिको उमेर समूहमा देवेन्द्र गुरुङ र चुमानसिंह थापा, रामचन्द्र रामदाम र रामकृष्ण तिमिल्सिनाको जोडीले तृतीय पुरस्कार पाएको रेफ्री पुकार गुरुङले जानकारी दिए ।
५० वर्ष माथिको उमेर समूहमा जुक्तमान गुरुङ र रवीन घमाल, क्रान्ति पौडेल अधिकारी र शोभा गुरुङको जोडीले तृतीय पुरस्कार हात पारेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने जोडीलाई क्रमश १५ हजार, १० हजार र ५/५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरियो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बराल, वडा सचिव सविता ढुंगाना पौडेल, युनिक ब्याडमिन्टन क्लब पोखराका अध्यक्ष जुक्तमान गुरुङले विजयी खेलाडीलाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो