पोखरा । सहारा बाल आधारभूत विद्यालयलाई पोखरा १७ विरौटाका समाजसेवी सुवेदारनी धन कुमारी गुरुङले ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । नर्सरीमा पढ्ने बालबालिकालाई प्रविधीमैत्रीरुपमा अध्यापनगर्न सहज हुने हेतुले टेलिभिजन सहयोग गरिएको गुरुङले बताइन् ।
गुरुङले विद्यार्थीको उज्वल भविष्यको कामना सहित आशिर्वाद दिएकी थिइन् । । गुरूङ सञ्चारकर्मी, व्यवसायी सपना गुरुङकी आमा हुन् । पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
वडाध्यक्ष मर्सानीले विद्यालयको शैक्षिक एवम् भौतिक अवस्थाको बारेमा चासो राख्दै गुरुङ परिवारलाई धन्यवाद दिए ।

साथै सो विद्यालयको नर्सरी कक्षा र बैठक कक्षमा कार्पेट वडा कार्यलयले व्यवस्था गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले सम्पूर्ण दाताहरुको सहयोगले विद्यालय अझ माथि पुग्ने धारणा राखे ।
कार्यक्रममा वडा सदस्य नन्दराम गिरी, पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीको उपस्थिति थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक सुदिप कोइरालाले गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते