अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक भएको छ ।
नरेन लिम्बुको करिब एक दशक अगाडिको ‘हिट नम्बर’लाई पुनः रेकर्ड गरि फर्की फर्की टिमले यो गीतलाई फिल्ममा समावेश गरेको हो । पछिल्लोपटक रेकर्ड भएको गीतलाई नरेनले नै गाएका छन् ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मूख्य अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ ‘फिचर्ड’ छन् । कुनै बेला युवापुस्तामाझ सर्वाधिक हिट रहेको गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा समावेश गर्दा पछिल्लो पुस्ताले पनि यो गीतलाई रुचाउनेमा फिल्मको निर्माण यूनिट आशाबादी देखिएको छ ।
फिल्मको ‘सिचुएशन’सँग मिल्दो भएका कारण यो गीतलाई फिल्ममा समावेश गरेको फिल्म निर्माण कम्पनी रोहित अधिकारी फिल्म्सले जनाएको छ । सार्वजनिक गीतका भिडियोमा अनमोल र जसिताबीचको सम्बन्ध र प्रेममा आएको दरारलाई देखाउन खोजिएको छ ।
फर्की फर्कीको पछिल्लो सार्वजनिक गीत अन्तिम मायालाई नरेन लिम्बुले नै लेख्नुका साथै कम्पोज गरेका हुन् । ट्रेलर र गीतहरुमार्फत दर्शकमाझ हाइप बनाएको फिल्म फर्की फर्की आगामी जेठ १० गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ ।
सम्बन्धित खबर
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
‘यो देशमा बसेर दिन गन्ने मात्रै हो’ [भिडियो]
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु