विश्वकप खेल्ने टीममा नराखेपछि सन्दीपको प्रतिक्रिया: ‘ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्’

विश्वकप खेल्ने टीममा नराखेपछि सन्दीपको प्रतिक्रिया: ‘ममाथि षडयन्त्र गर्नेहरूलाई भगवानले आशिष दिऊन्’

sandip

नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गर्यो। रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गर्दा बलर सन्दीप लामिछाने भने छुटे।

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएपछि त्यसको निर्णय विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर लामिछानेको मुद्दा अहिले विचाराधीन अवस्थामा छ। त्यसैकारण पनि उनी विश्वकप खेल्ने टोलीमा समावेश हुन सकेनन्।

आज नेपालको स्क्वाड घोषणा भएपछि सन्दीपले सामाजिक सञ्जालमा दुई वटा पोस्ट गरेका छन्। एउटा व्यंग्यात्मक भावमा स्माइली इमोजी पोस्ट गरेका छन् भने अर्कोपटक एउटा स्ट्याटस लेखेका छन्।

स्ट्याटसमा उनले आफू षडयन्त्रको सिकार भएको दाबी गरेका छन्।

‘… म षडयन्त्रको सिकार भएकोमा मलाई कुनै शंका छैन। यस षडयन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशिष दिऊन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ,’ उनले लेखेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds