मोरङको बुढीगंगामा विद्युतीय चार पाङ्ग्रे सवारीसाधनको उत्पादन हुने भएको छ। गाडी उत्पादन गर्नका लागि नेपालको कोशी एन के मोटर्स र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भएको हो।
पछिल्लो समय विद्युत्बाट चल्ने दुई र चार पाङ्ग्रे सवारीसाधनको प्रयोग बढ्दो क्रममा छ। विदेशबाटै तयारी अवस्थामा सवारीसाधन ल्याएर नेपालमा बिक्री वितरण हुँदै आएको छ। विद्युतीय सवारीसाधनप्रति आकर्षण बढ्दै गएपछि एक वर्षभित्र नेपालमै उत्पादन गर्ने उद्देश्यका साथ चीनको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर भएको हो।
सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक एमडीले हस्ताक्षर गरेका छन्। सम्झौता भएसँगै अब नेपालमा नै चीन तथा कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने भएको हो।
नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ बिघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको यस कम्पनीमा सुरुवाती चरणमा ३ अर्ब रुपैयाँको लागत रहने अध्यक्ष पुरीले बताए।
उनका अनुसार १ वर्षभित्र सबै चार पाङ्ग्रे सवारीसाधन उत्पादन हुनेछ। कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७ सय ५० गाडी उत्पादन योजना रहेको छ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो