इलाम — किरात धर्मगुरु आत्मनन्द लिङ्देनले प्रभाव पार्ने माङ्सेबुङ गाउँपालिकामा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले सबैभन्दा बढी मत ल्याएका छन् । उक्त गाउँपालिका वडा नं. ५ मा ९५ प्रतिशत मत पाएसँगै काँग्रेसका उम्मेदवारलाई कडा टक्कर दिइरहेको छ ।
माङ्सेबुङका ६ वटै वडाको मत गणना भइसकेको छ । लिम्बूले माङ्सेबुङ-५, लारुम्बामा सबैभन्दा बढी १०३२ मत प्राप्त गरेका छन् । वडा नम्बर-५ मा लिम्बूपछि एमालेका सुहाङ नेम्बाङले ६९ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ४९ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले भने उक्त वडामा ३ मत मात्र पाए । माङ्सेबुङमा मिलनले सबैभन्दा बढी आफ्नै वडा नम्बर २ मा ९६ मत मात्र पाएका हुन् । सुहाङले ५८६ मत प्राप्त गर्दा मिलनले सय मत पनि कटाउन सकेनन् ।
माङ्सेबुङ-५ राष्ट्रिय विभूति फाल्गुनन्द र धर्मगुरु आत्मनन्द लिङ्देनको जन्मस्थलसमेत हो । वडा नम्बर-५ मा ११९३ मत खसेको थियो । लिम्बूले वडा नम्बर १ मा ३७२, २ मा ३१७, ३ मा ६४०, ४ मा १६२ र ६ मा ११६ मतसहित २६३९ मत पाए ।
एमालेका सुहाङ नेम्बाङले वडा नम्बर १ मा ४११, २ मा ५८६, ३ मा ५१९, ४ मा ४११, वडा ५ मा ६९ र ६ मा ५९० गरी २५९१ मत पाए । माङ्सेबुङमा रास्वपाका मिलन लिम्बू सबैभन्दा कमजोर देखिएका छन् । उनले वडा नम्बर १ मा ३६, २ मा ९६, ३ मा ४२, ४ मा ८, ५ मा ३ र ६ मा ५८ सहित २ सय ४३ मत पाए ।
माङ्सेबुङका ६ वडामा कुल १२ हजार ५ सय ३६ मतदातामध्ये ७ हजार २ सय ६ मत खसेको थियो ।

धर्मगुरुको ‘खल्ती’ मा रहेको केही हजार मत रहेको पाउने ‘विश्वास’मा उनलाई भेट्न दलका नेता र उम्मेदवार पुग्ने गरेका छन् । नयाँ भनिएका रास्वपा र जनमत पार्टीका उम्मेदवारले पनि त्यसैलाई पछ्याए । विगतमा लारुम्बाका गुरु एमाले नेता सुवास नेम्वाङप्रति सकारात्मक रहेको बताइन्थ्यो । यसपटक भने गुरुले पहिचानवादी उम्मेदवार लिम्बूको चुनावी र्यालीको शुभमुहुर्तसमेत गरेका थिए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो