इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता कायमै राखेका छन् । प्रारम्भिक मत परिणामले नेकपा एमाले र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखाएको छ ।
सुरुवाती परिणाममा १२३ मतले पछि परेका नेम्वाङले फाकफोकथुम गाउँपालिका- १, २, ३, ४, ५ र ६ को मतगणना सकिएर ७ जारी रहँदा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिन्दै ७८३ मतको अग्रता बनाएका हुन् । नेम्वाङले ४ हजार २५८ मत पाएका छन् भने खड्काले ३ हजार ४७५ मत पाएका छन् ।
त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिं थेगिमले १ हजार ७०३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन कुमार लिम्वुले ५३४ मत ल्याएका छन् । यसअघि एमाले र रास्वपाबीच प्रतिष्पर्धा हुने अनुमान धेरैको थियो । ग्रामीण क्षेत्रको मतगणना भइरहँदा एमालेले पार्टी मत धेरै हदसम्म जोगाउन सकेको देखिन्छ
माओवादी पृष्ठभूमिका पूर्व पत्रकार मिलनलाई अन्तिम समयमा पार्टी फेरेको भनेर आलोचना पनि देखिन्थ्यो । पहिचान पक्षधरभन्दा पनि निकै पछि घण्टी रहेको छ । प्रारम्भिक नतिजा हेर्दा भने स्वतन्त्र उम्मेदवारसँग तेस्रो स्थानका लागि रास्वपाको प्रतिस्पर्धा भइरहेको छ ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा ६९ हजार २८७ मत खसेको थियो ।
कांग्रेसले चाहिँ आमचुनाव २०७९ मा प्राप्त मत जोगाउन सकेको देखिँदैन । त्यसबेला एमाले उम्मेदवार सुवास नेम्वाङसँग ११४ मतको झिनो अन्तरले कांग्रेसका खड्का पराजित भएका थिए । त्यसबेला खड्कालाई माओवादी र एकीकृत समाजवादीको साथ हुँदा ३० हजार २० मत ल्याएर सुवास नेम्वाङले जितेका थिए ।
यो उपचुनावमा एकीकृत समाजवादीले अलग्गै उम्मेदवारी दिएको छ भने माओवादीको समर्थन एमालेलाई छ । त्यसैले कांग्रेस उम्मेदवार पछाडि पर्नु अस्वभाविक होइन ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो