युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग

युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग

बिरुवा बलेउकी बुकमायालाई घर बनाइदिने

yuwa sangh shayog

युवा संघ स्याङ्जाले बुकमायाको परिवारलाई सहयोग हस्तान्तरण गर्दै

राष्ट्रिय युवा संघ स्याङ्जाले आगलागी पीडितलाई सहयोग गरेको छ । स्याङ्जाको बिरुवा गाउँपालिका -६ तल्लो बलेउमा आगलागीबाट पीडित भएकी बुकमाया नेपालीलाई नयाँ घर बनाई युवा संघले सहयोग गर्ने भएको हो ।

पाँच जनाको परिवार रहेको र नाजुक आर्थिक अवस्था भएकी बुकमाया नेपाली प्राकृतिक प्रकोपका कारण घरविहीन भएपछि दुई कोठे पक्की घर निर्माण गरि छिटै हस्तान्तरण गर्ने युवा संघ स्याङ्जाका अध्यक्ष सुशील खनाल(पिताम्बर)ले जानकारी दिए ।

दुई महिना भित्र घर निर्माण गरि हस्तान्तरण गर्ने तयारी रहेको र युवा संघमा आवद्ध युवाहरूले नै श्रमदान गर्ने युवा संघका अध्यक्ष खनालले बताए । उनले घर निर्माणका लागि करिब चार लाख ५० हजार रुपैयाँ बराबरको स्टमेट गरेको बताए ।

आगलागीबाट पीडित भएकी नेपालीलाई राष्ट्रिय युवा संघ स्याङ्जाले चामल, दाल, चिनी, नुन तेल साथै अत्यावश्यक खाद्यान्न, ओड्ने ओछ्याउने लत्ताकपडा र खाने पकाउने भाडाहरु लगायत विभिन्न सामाग्री सहयोग गरेको छ ।

आगलागीबाट गत वैशाख १२ गते राती बुकमायाको घरगोठ जलेर पुर्ण रुपमा क्षति पुगेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ