पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन थालिएको छ । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति सहित तेह्र वटै विभिन्न उपसमिति मार्फत एकसाथ तयारीलाई अगाडि बढाइएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
‘अर्वाडको तयारी तीव्र बनाइएको छ, अब अवार्ड कार्यक्रमको विस्तृत जानकारी सहित चार विधाको नोमिनेसन सार्वजनिक गर्ने अन्तिम तयारीमा छौं’ उनले भने ।
अवार्ड कार्यक्रलाई सहयोग गर्नेहरु समेत थपिदै गएका छन् । शनिबार अवार्ड कार्यक्रमको लागि मुस्ताङ गल्फकोर्षले ११ हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम मुस्ताङ गल्फकोर्षका सञ्चालक इन्द्रधारा विष्टले मञ्च अध्यक्ष बराललाई हस्तान्तरण गरेका हुन् ।
यसैगरी थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुनले १० हजार रुपैयाँ सहयोग गरेका छन् । पुनले सहयोग रकम सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, अन्तरराष्ट्रिय समन्वय उपसमिति सह–संयोजक सुर्दशन रञ्जितको उपस्थितिमा अध्यक्ष बराललाई हस्तान्तरण गरेको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।
अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका महासचिव पौडेलले बताए ।
बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।
यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप, मादी गाउँपालिका, रुपा गाउँपालिका, गुरुङ हर्वल व्युटी पार्लर लगायत रहेका छन् । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो