बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना भएको छ । शनिबार बेलुकी ७ः३० बजेतिर भएको दुर्घटनामा परी डेढ दर्जन यात्रुहरु सामान्य घाइते भएका छन् ।
ग १ ख ९२९७ नम्बरको बस तनहुँ शुक्लागण्डकी-११ बाट चालक, सहचालक गरी ३६ जनाको टोली लिएर बागलुङ गएकोमा पञ्चकोट, कालिका मन्दिर दर्शन गरी फर्कँदै थियो । पोखरा २५ याम्दी क्षेत्रमा तिब्बतीयन क्याम्प नजिक एक्कासी सडकमै पल्टेको स्थानीयले जनाएका छन् ।
दुर्घटनामा परी १९ जना घाइते भएकोमा १६ जना गण्डकी मेडिकल कलेजमा र ३ जना पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।
स्थानीयका अनुसार बस अत्यधिक गतिमा थिएन । टायर पञ्चर भएर दुर्घटना भएको आशंका गरिएको छ । क्रेनको सहायताले पल्टिएको बसलाई उठाएर ९ बजेतिर सुल्टो पारिएको छ ।
चालक गोरखा बारपाक सुलिकोट गापा वडा नं. ६ घर भएका बर्ष ४५ को चन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
घाइते विवरणः
१.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने बर्ष ३९ की कमला सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
२.ऐ.ऐ.बस्ने बर्ष ५० कि.ईन्द्र कला भुजेल खुट्टामा चोट रहेको उपचार भई रहेको ।
३.ऐ.ऐ.बस्ने बर्ष ७७ कि.रुपा देबी सिग्देल छातीमा चोट रहेको उपचार भई रहेको ।
४.ऐ.ऐ.बस्ने बर्ष २५ कि.प्रमिला सिग्देल टाउकोमा चोट रहेको उपचार भई रहेको ।
५.ऐ.ऐ.बस्ने बर्ष ४७ कि.सिता सिग्देल टाउको र दायाँ कुममा चोट रहेको उपचार भई रहेको ।
६.ऐ.ऐ.बस्ने बर्ष ६३ को लोकनाथ सिग्देल दायाँ हात र खुट्टामा चोट रहेको उपचार भई रहेको ।
७.ऐ.ऐ.बस्ने बर्ष ५८ को सिता सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।
८.ऐ.ऐ.बस्ने बर्ष ५८ को खेमनारायण सिग्देल बायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
९.ऐ.ऐ.बस्ने बर्ष २२ की स्वस्तिका सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१०.ऐ.ऐ.बस्ने बर्ष ४८ की शान्ति सिग्देल घाँटी र हाडमा चोट रहेको उपचार भई रहेको ।
११.ऐ.ऐ.बस्ने बर्ष ३० को सागर परियार घाँटी र ढाडमा चोट रहेको उपचार भई रहेको ।
१२.ऐ.ऐ.बस्ने बर्ष ६० को पुर्णचन्द्र सिग्देल पेट र दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१३.ऐ.ऐ.बस्ने बर्ष ६१ को राम प्रसाद सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१४.ऐ।ए.बस्ने बर्ष ५८ की शारदा सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
१५.ऐ.ऐ.बस्ने बर्ष ५७ को अग्नि प्रसाद सिग्देल दायाँ हातमा र कम्मरमा चोट रहेको उपचार भई रहेको ।
१६.ऐ.ऐ.बस्ने बर्ष ४७ की लक्ष्मी सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।
१७.ऐ.ऐ.बस्ने बर्ष ५० की बिष्णु सिग्देल घाँटी र दायाँ खुट्टामा चोट रहेको उपचार भई रहेको ।
१८.ऐ.ऐ.बस्ने बर्ष १८ की अनिषा गौतम ढाडमा चोट रहेको उपचार भई रहेको ।
१९.ऐ.ऐ.बस्ने बर्ष ४३ की बिष्णु गौतम बायाँ हात, छाती र खुट्टामा चोट रहेको उपचार भई रहेको ।
अद्यावधिक गरिएको ।
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदमः मन्त्रीथापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध