सिरहामा ५ वर्षीय छोराको हत्या गर्ने आमा पक्राउ

सिरहामा ५ वर्षीय छोराको हत्या गर्ने आमा पक्राउ

pakrau

सिरहा । सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने ३४ वर्षीय सरीताकुमारी साहले आफ्नै ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् ।

गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरीता सुत्ने कोठामा रहेको बक्स पलङको घर्राभित्र मृत अवस्थामा छोरा आयुष फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले आमा सरीतालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ