पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन् ।
पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘एयरपोर्टदेखि होटलसम्म पुग्ने पूर्वाधारहरू सहज हुनुपर्यो, गुणस्तरीय हुनुपर्यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ,’ उनले भने ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको गुनासो थियो ।
यति हुँदा हुँदै पनि प्रधानमन्त्रीको मुखारविन्दबाट घोषणा हुनु भने सुखद रहेको धारणा राखे । निजी क्षेत्रबाट २५ औं करोड लगानी गरेर चारतारे स्तरको होटल सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गरे ।
२०६६ सालबाट थ्रीस्टारको सुविधा दिएको होटल स्तरोन्नती गरेर फोर स्टार लेभलमा सञ्चालन गर्न लागिएको सञ्चालक हरी शर्मा गैह्रेले जानकारी दिए । होटलमा डिलक्स, सुपर डिलक्स, हनिमुन, स्विट गरेर ६५ वटा रुम र तीनवटा हल रहेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने