पोखराको लेकसाइडबाट दिउँसै स्कुटर चोर्दै गर्दा एक पक्राउ

पोखराको लेकसाइडबाट दिउँसै स्कुटर चोर्दै गर्दा एक पक्राउ

scooter-chori-1

पोखराको लेकसाइडबाट दिउसै स्कुटर चोर्दा चोर्दै एक जना युवा पक्राउ परेका छन्।

गुल्मीको मदाने गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा ९ नयाँबजार बस्ने बर्ष ३४ को दिपक सुनारलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो।

अभियुक्त सुनारले दिउसो पौने पाँच बजेको समयमा पोखरा लेकसाइडस्थित क्लब क्याटवाक अगाडि पार्किङ गरी राखेको ग १० प ४४१२ नं. को स्कुटर चोरी गर्दै गरेको अवस्थामा सीआरभी हल्लनचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त सुनारबिरुद्ध वडा प्रहरी कार्यालय बैदाम पोखराले कास्की जिल्ला अदालतमा चोरी सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि सात) दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ