काठमाडौंबाट पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटनामा परेको छ । आज दिउँसो साढे २ बजेतिर भएको उक्त दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
बा०१-०२८च ०७२५ नम्बरको कार तनहुँको व्यास नगरपालिका वडा नं. १२ कमलबारीमा कार दुर्घटनामा परेको हो । कार सडकबाट ५० मिटर तल खसेको छ ।
घाइते हुनेमा काठमाडौं घर भएका २९ वर्षीया स्वेता कपाली, २९ वर्षकै आयुष्मा गिरी, ५२ वर्षकी सरिता लामा र ३३ वर्ष की सुजना कपाली छन् ।
घाइतेमध्ये गिरी र लामाको अवस्था मध्यम रहेको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक रायले जानकारी दिए । अन्यको अवस्था सामान्य रहेको र दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको उनले बताए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ