पोखरा — कास्कीका सहकारी पीडित संगठित बनेका छन् । उनीहरूले आन्दोलनको तयारी पनि गरेका छन् । कास्कीका ६ सहकारीका पीडितको पोखरामा बसेको भेलाले संयुक्त रूपमा आन्दोलन अगाडि बढाउने निर्णय गरेको हो ।
पोखरामा अहिले ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ । यी ६ वटै सहकारीका पीडितहरूले संयुक्त रूपमा जाने निर्णय गरेका हुन् । बचतकर्ताको रकम फिर्ता गर्न सरकार र राजनीतिक दलले पहल नगरेको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । भेलाले कास्की सहकारी बचतपीडित संघर्ष समिति गठन गरेको छ ।
सूर्यदर्शन सहकारीपीडित किरण श्रेष्ठको संयोजकत्वमा गठित समितिको उपाध्यक्षमा इमेज सहकारीपीडित हरिबहादुर खत्री, कोषाध्यक्षमा शिवशिखर सहकारीपीडित टेकराज तिमिल्सिना, सचिवमा मित्रमिलन सहकारीपीडित प्रकाश पौडेल र सहसचिवमा बलिदानी सहकारीपीडित धम पुन छन् । विन्ध्यवासिनी सहकारीका प्रतिनिधि पनि संघर्ष समितिमा छन् ।
संयोजक श्रेष्ठले एक साताभित्र पोखरामा सहकारीपीडितले बृहत् प्रदर्शन गर्ने भेलाले निर्णय गरेको बताए ।
सहकारी ठगीमा मुछिएका गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई चैत २७ मा मन्त्रालयमै भेटेर पीडितले समस्या सुल्झाउन माग गरे पनि हालसम्म बेवास्ता भएको संयोजक श्रेष्ठले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा आएकै बेला पीडितले समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
सहकारी ठगीका सबै अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने, निष्पक्ष छानबिन गर्नुपर्ने, पीडितका बचत रकम तत्काल फिर्ता गर्नुपर्नेलगायत माग संघर्ष समितिको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते