काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको नयाँ समीकरण भत्काउनेको लागि देशी विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेको बताएका छन् ।
एमाले झापा जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अहिले प्रधानमन्त्री प्रचण्डले समीकरण फेर्ने शाहसिक निर्णय गरेको बताए ।
उनले भने, ‘अहिले हामीले नयाँ समीकरण बनाएका छौं । कतिपयले ओलीले अर्थ, गृहमन्त्रालय पनि छाड्यो भनिरहेका छन्, हामीले गठबन्धन ढाल्नुथ्यो ढाल्यौं, अहिले हाम्रो सरकार, हाम्रो प्रधानमन्त्री, हाम्रो गृहमन्त्री छन्, मैले उहाँलाई पोहोरै प्रधानमन्त्री बनाएको थिएँ उहाँ झुक्निुभयो, अलमलिनुभयो । अहिले उहाँले शाहसिक निर्णय गर्नुभएको छ, देशको पक्षमा पक्षमा निर्णय गर्नुभएको छ, अहिले यो समीकरण ढाल्नको लागि देशी विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेका छन्, केही घटना घटिहाल्यो भने साथीहरुले अफ्ठ्यारो नमान्नुहोला, लौ बर्बाद भयो भनेर, केही हुँदैन ।’
उनले एमालेले सिध्याउन अनेक प्रकारका प्रहार र घेराबन्दी भएपनि त्यसलाई पराजित गरेर देश बनाउने अभियानमा अघि बढेको बताए ।
उनले तत्कालीन नेकपाभित्रको विवादलाई स्मरण गर्दै प्रचण्ड माधवलाई लक्षित गर्दै भने, ’हाम्रो पार्टी कब्जा गर्ने प्रयासहरु भए, पार्टी एकीकरण गरियो, केही फुटेर जानुभयो। एकताको पक्षमा बस्ने रामबहादुर थापा बादलहरुलाई सांसदबाट निस्कासन, उहाँले सांसदबाट निकालिएको मात्रै व्यहोर्नुभयो। मलाई त साधारण सदस्यबाट पनि नरहने भविष्यमा पनि कम्युनिष्ट पार्टीको सदस्य बन्न नपाउनेगरी निष्कासन गरेका थिए। तर, एमाले फेरि उठ्यो ।’
उनले नेकपा एसका अध्यक्ष समेत रहेका माधव नेपाललाई लक्षित गर्दै आफू पार्टी अध्यक्षबाट हटेपछि वरिष्ठ नेताको पद चाहियो भन्दै कसैकाविरूद्ध आलोचना नगर्ने समेत बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो