निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ ।
आयोगले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो ।
सार्वजनिक मत्रपत्रअनुसार १९ वटा निर्वाचन चिन्ह रहेका इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र ११ वटा निर्वाचन चिन्ह रहेको बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को पहिलो नम्बरमा नेकपा एमालेको सूर्य चिन्ह रहेको छ ।
मतपत्रमा चुनाव चिह्नको रोलक्रम २०७९ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
उनका अनुसार २०७९ को निर्वाचनमा समानुपातिकतर्फ सहभागी नभएका दलको हकमा भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता भएको क्रमका आधारमा भएको छ ।
त्यसैकारण २०७९ को समानुपातिक निर्वाचन प्रणालीमा सबैभन्दा बढी मत नेकपा एमालेले प्राप्त गरेका कारण उक्त दलको सूर्य निर्वाचन चिन्ह पहिलो नम्बरमा रहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । आयोगको यो निर्णयअनुसार मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी रहेको छ ।
बझाङको प्रदेशसभा सदस्य निर्वाचनको हकमा पनि पहिलोमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा गोलाकारभित्र हँसिया र हथौडा रहेको छ । यहाँ चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो रहेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने