गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई डोटीको जोरायलमा भव्य नागरिक अभिनन्दन गरिएको छ ।
प्रदेश प्रमुख नियुक्तिपछि पहिलोपटक गृहनगर पुगेका भट्टलाई जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुना बोहराले जोरायल गाउँपालिकाबासीको तर्फबाट दोसल्ला, खादा तथा अभिनन्दन पत्र अर्पण गरेर अभिनन्दन गरेका हुन् ।
नागरिक अभिनन्दन अघि स्थानीयबासीले प्रदेश प्रमुख भट्टलाई विभिन्न झाँकी तथा खादा माला सहित रावतकट्टेमा स्वागत गरेका थिए ।
स्थानीय जोरायल गाउँपालिका वडा नं. ३ रावतकट्टे स्थित रत्न आधारभूत विद्यालयको प्राङ्गणमा आयोजना गरिएको समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले जोरायल गाउँपालिकाबासीले आफूलाई प्रदान गरेको यति धेरै माया र सम्मानको लागि आभार प्रकट गरे ।
आफूले जीवनको महत्वपूर्ण समय जोरायलवासी दाजुभाई तथा दिदी बहिनीहरुसँगै बिताएको स्मरण गर्दै प्रदेश प्रमुख भट्टले जोरायलबासीको साथ र सहयोगले नै आफू राज्यको महत्वपूर्ण पदमा पुग्न सफल भएको बताए ।

आफू जिम्मेवारीको हैसियतले गण्डकी प्रदेशको प्रमुख भएपनि जोरायलको विकास र समृद्धिमा आफ्नो सधैं साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जीवनको महत्वपूर्ण समय राजनीति तथा समाजसेवामा बिताएका डिल्लीराज भट्टलाई ढिलै भएपनि राज्यले सम्मान गरेको बताए ।

प्रदेश प्रमुख भट्ट जोरायल गाउँपालिकाबासीको अभिभावक रहेको बताउँदै गाउँबासीको तर्फबाट सम्मान तथा अभिनन्दन गर्न पाउँदा खुशी लागेको बताए ।
जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले जीवनमा सधैं त्याग र निष्ठाको राजनीति गरेका भट्टलाई राज्यले गरेको सम्मानले जोरायल गाउँपालिकाबासीलाई हर्षित बनाएको बताइन् ।

कार्यक्रममा संविधानसभा सदस्य कृपासिंह राना लगायतले बोलेका थिए ।






सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने