स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -६ दरौँ बजारमारा स्थित खेलमैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आयोजक बजारमारा युवा क्लबलाई पराजित गरेको मिलन युवा क्लब ओरस्टेले उपाधि जितेको छ ।
मिलन क्लब ओरस्टेले बजारमारालाई २५-१६, २५-२२, २५-२७ र ३६-३४ अंकले ३-१ को सेटमा पराजित गर्दै विजेता भएको हो ।
यस्तै, रिठ्ठा झाक्री युवा क्लबले २५-१८ र २५-१९ अंकले २-० को सोझो सेटमा आयोजक `बि´लाई पराजित गरेर तेस्रो स्थान हासिल गरेको हो ।
उक्त प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेता मिलन युवा क्लबले नगद ४५ हजार रुपैयाँ, उपविजेता आयोजक बजारमारा युवा क्लब `ए´ले २५ हजार रुपैयाँ, तृतीय रिठ्ठा झाक्री युवा क्लबले १५ हजार रुपैयाँ र सान्त्वना आयोजक `बि´ले ७ हजार रुपैयाँ हात पारेको हो ।
विभिन्न विधा अन्तर्गत बेस्ट प्लयेर दिपेश सुनार(बजारमारा), बेस्ट स्पाइकर कृष्ण थापा(ओरस्टे), बेस्ट सेटर अन्जन विश्वकर्मा(ओरस्टे), बेस्ट ब्लकर राम विष्ट(सिमलचौर) र बेस्ट डिफेन्डर अरुण गुरुङ(बजारमारा)लाई मेडल सहितले पुरस्कृत गरिएको क्लबका अध्यक्ष अरुण गुरुङले बताए ।
विजेता र उपविजेतालाई सोही वडाका वडा अध्यक्ष नारायण प्रसाद ढकालले पुरस्कार वितरण गरेका थिए ।
नयाँ वर्ष २०८१ को अवसरमा चैत्र २४ गतेबाट शुरु भएको पुरुष भलिबल प्रतियोगितामा १६ टिमको सहभागी रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ