पोखरा । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल, कास्कीको नवनिर्वाचित कमिटिले नयाँ वर्षको अवसरमा वृद्धाश्रममा खाद्यान्न वितरणका साथै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्यो ।
सीतापाइला स्थित पोखरा वृद्धाश्रममा पुगेर कमिटिले खाद्यान्न वितरण गरेको हो । पार्टी कार्यालयमा शुभकामना आदानप्रदान गरेको थियो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज तुलबहादुर गुरुङले युवाहरुले आफ्नो सम्पूर्ण शक्ति व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रनिर्माणको महाअभियानमा लाग्नुपर्ने बताए ।
पछिल्लो समयमा देखिएका गुटगत गतिविधिप्रति असहमति जनाउँदै उनले अनुशासन, विधि पद्धतिको पालना गरेर मात्रै पार्टीलाई गति दिन सकिने कुरामा जोड दिए ।

पूर्व मन्त्रीसमेत रहेका नेता गुरुङले यो नयाँ बर्षले सबैमा सुख, शान्ति र समृद्दि छाओस् भन्दै विगतमा भएका सबैखाले नकारात्मक कुराहरु भुलेर एउटा सभ्य तथा सिर्जनशील समाज निर्माण गर्न युवाहरुको भूमिका प्रमुख हुने बताए ।
युवा संघ कास्की अध्यक्ष मिलनजंग कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कास्की अध्यक्ष खड्ग हमाल, केन्द्रिय परिषद् सदस्य प्रेम पौडेल, युवा नेताहरु राजन शर्मा पराजुली, शर्मिला पौडेल, विकास पहारी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने