तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव शुक्रबारदेखि तल्लो गल्याङ स्थित खेलमैदानमा शुरु भएको छ ।
`गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पुर्वाधार´ भन्ने मुल नारा सहित गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले गरेका हुन् ।
स्थानीय तथा स्वदेशी कृषि तथा औद्योगिक उत्पादनको प्रवर्द्धन एवं संस्कृतिको जगेर्ना गर्न, कृषिको व्यवसायीकरण गर्ने उद्देश्यका साथ आयोजित मेलाको बाजागाजा तथा विभिन्न सांस्कृतिक प्रदर्शन सहित शुक्रबार भव्यताका साथ समुद्घाटन गरिएको हो ।
वैशाख ९ गतेसम्म सञ्चालन हुने महोत्सवको समुद्घाटन पूर्व मन्त्री धनराज गुरुङले गरेका हुन् । महोत्सवको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री गुरुङले यस्ता मेला महोत्सवले जिल्लाको पहिचान बढाउने हुँदा जिल्लाका कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने साथै संस्कृतिको जगेर्ना गर्दै आन्तरिक बजार सवलीकरणमा सहयोग पुग्ने बताए । उनले स्थानीय हस्तकला तथा कृषि उत्पादनलाई प्राथमिकता दिँदै जिल्लामा उत्पादित सुन्तला, कफि, अदुवा, आलु लगायतका उत्पादनलाई बजारीकरण गरी आयआर्जनको स्रोत बनाउन जोड दिए ।
त्यस्तै, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठले धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले प्रचूर संभावना भएका स्थलहरुको प्रचारप्रसार गर्ने, मौलिकरुपमा रहेका कला संस्कृतिहरुको संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने गरि यस्ता मेला महोत्सवको आयोजना गरि निरंतरता दिने बताए ।
करिब एक हप्तासम्म संचालन हुने उक्त महोत्सवमा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, गल्याङ डान्स आइडल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता, जिल्ला स्तरीय भलिबल प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरुको प्रतियोगिता हुने बताइएको छ ।
महोत्सवमा राखिएका करिब १५० स्टलहरुबाट दैनिक जिवनमा उपयोग हुने अत्यावश्यक सामाग्रीहरुको किनबेच हुने तथा बाल उद्यानमा मनोरञ्जन गर्ने, हस्तकलाहरु एवं विभिन्न किसिमका प्रदर्शनीहरु हुने बताइएको छ ।
सम्बन्धित खबर
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो