पोखरा । सामाजिक काममा अग्रणी यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा सताब्यापी कार्यक्रम गर्ने भएको छ ।
२०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेका यूनाइटेड क्लबले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसर पारी आगामी बैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो ।
क्लबले बार्षिकोत्सवको अवसर पारी वैशाख १ गते मानव सेवा आश्रम पोखरा २५ हेम्जा र जेष्ठ नागरिक मिलन केन्द्र पोखरा १५ टुुटुङगामा भोजन सेवा कार्यक्रम, वैशाख २ गते पोखरा १४ मा रहेको बलभद्र माविमा खेलकुद सामाग्री वितरण कार्यक्रम, वैशाख ३ गते पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्ने भएको छ । त्यसैगरी वैशाख ४ गते पोखरा १७ महतगौडामा रहेको जानकी माविमा सेनेटरी प्याड मेशिन बितरण, बैशाख ५ गते अमरसिंहमा रक्तदान कार्यक्रम, वैशाख ६ गते पोखरा १५ टुटुङगामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न वितरण र वैशाख ७ गते १४ औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रमको आयोजना गरिने क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए ।
क्लवले वार्षिकोत्सवको अवसर पारी हरेक वर्ष वैशाख १ देखी ७ गते सम्म साताब्यापी कार्यक्रम गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने