खगराज अधिकारी नेतृत्वकाे सरकारलाई निरन्तरता, अर्को पेशी बैशाख १० गते

खगराज अधिकारी नेतृत्वकाे सरकारलाई निरन्तरता, अर्को पेशी बैशाख १० गते

दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नू नगराउनू

Khagraj-Adhikari

पोखरा । गण्डकी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा पुगेको पेशीमाथि बुधबार सुनुवाई भएको छ । सर्वोच्च अदालतले अधिकारी सरकारलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘सरकार शुन्यताको अवस्था श्रृजना हुन दिन समेत मिल्ने नहुँदा प्रदेश सरकारको नियमित कार्य सञ्चालन बाहेक प्रत्यर्थी खगराज अधिकारीको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन पत्र टुंगो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनू ।’

सर्वोच्चले गण्डकी प्रदेश सरकारको वैधानिकताको विवाद छिटो निरुपण गर्नुपर्ने भएकाले २०८१ बैशाख १० गतेका लागि पेसी तोकिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds