पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडी अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा एक जना बालकको मृत्यु भएको छ ।
घटनामा परी ७ जना घाइते भएका छन्। सुपा देउराली माईको दर्शन गरेर फर्किएका प्रतिष्ठानका कर्मचारी बोकेको ग.३ च ४५७४ नम्बरको कार पाणिनि ८ पाली कोलडाँडामा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर अर्घाखांची जिल्लाको भुमिकास्थान ८ किमडांडा निवासी वर्ष ६ को आरम्भ क्षेत्री नाम गरेका बालकको मृत्यु भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत कार चालक भुमिकास्थान ८ किमडांडाका ३४ वर्षीय इश्वरी क्षेत्री, उनको श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, दुई वर्षीया छोरी इभान्सी क्षेत्री, पोखरा १२ हस्पिटलचोककी ३० वर्षीया सबिता अधिकारी, सोही ठाउँकी ४२ वर्षीया गीता कंडेल, १५ वर्षीय प्रज्ज्वल कंडेल र वर्ष १० का जेशन बस्नेत घाइते भएका छन्।
उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। कार बाटोदेखि करिब डेढ सय मिटर तल खसेको बताइएको छ। उक्त कार किन र कसरी दुर्घटना भयो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर
काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना, ११ जना घाइते
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
लुम्बिनीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते
जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते
मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु
सुपादेउराली दर्शनका लागि गएको बस दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर