गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले तमु (गुरुङ) समुदायको महान पर्व ट्होटेंको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् ।
हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाइने ट्होटें पर्व गुरुङ समुदायले आज मंगलबार धुमधामका साथ मनाउँदैछन् ।
प्रदेश प्रमुख भट्टले शुभकामना सन्देश जारी गर्दै ट्होटेंजस्ता मौलिक पर्वले भातृत्व, अपनत्व, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको बताएका छन् ।
प्रदेश प्रमुख भट्टको शुमकामना सन्देशमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता भएको नेपालमा विभिन्न जातजाति र समुदायले मनाउने यस्तै अनेकन मौलिक चाडबाडले धार्मिक, साँस्कृतिक, सामाजिक समभाव कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएको जनाएका छन् ।
‘गुरुङ समुदायको महान पर्वका रुपमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाउने ट्होटेंले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ’ प्रदेश प्रमुख भट्टको शुभकामना सन्देशमा भनिएको छ, ‘ट्होटेंले विविध धर्म र सँस्कृति मान्ने समस्त गण्डकी प्रदेशवासीहरुमा भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ भन्ने विश्वासका साथ गण्डकी प्रदेशवासी सबैमा शुभकामना व्यक्त गर्दछु ।’

सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने