बागलुङ नगरपालिका, वडा नं. १४, नारायणस्थानमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिब २३ सय जना लाभान्वित भएका छन् ।
गण्डकी प्रदेश सांसदको कार्यालय बागलुङ १(ख) को संयोजन, बा. न. पा वडा नम्बर १४ नारायणस्थान, लायन्स क्लब अफ बलेवा भैरव, लायन्स क्लब अफ गाजा हिल, नारायणस्थान सामाजिक सेवा प्रतिस्ठानको आयोजना,मा जनता धन मावि.को प्राङ्गणमा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
विश्व स्वास्थ्य दिवसको अवसर पारेर भएको शिविरमा सम्पूर्ण चिकित्सकीय सुविधा र प्राविधिक सहयोग काठमाडौ मेडिकल कलेज र औषधिकोको व्यवस्था गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले गरेका थिए ।

उक्त शिविरमा सामान्य चिकित्सा, प्रसुति तथा स्त्रीरोग, हाडजोर्नि तथा नशा, इसिजि, भिडियो एक्सरे , बालरोग सेवा, दन्तरोग सेवा लगायतका सेवा प्रदान गरेको बताइएको छ ।
शिविरमा सम्भव नभएका शल्यक्रिया लगायतका जटिल रोगको उपचारका लागि काठमाडौँ मेडिकल कलेजमा रिफर गरि निशुल्क उपचार गर्ने भएको छ ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले नारायणस्थानमा शिविर सञ्चालन गरेको विशिष्ट अतिथिसमेत रहेका प्रदेश सांसद सुवेदीले बताए ।
प्रमुख अतिथि डा .सुनिलकुमार शर्मा रहेको उक्त कार्यक्रममा, बाग्लुङ नगरपालिका उपमेयर राजु खड्का, जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा, जिल्ला जनस्वास्थ्य प्रमुख बाबुराम आचार्य लगायत अन्य सामाजिक व्यक्तित्वहरुकाे उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता बागलुङ नगरपालिका – १४ वडाध्यक्ष चक्र बहादुर खत्रीले गरेका थिए ।

सम्बन्धित खबर
बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण
काठेखोलाका महिलालाई मौरीघार उपहार
बागलुङको सामुदायिक वनमा डढेलो, एक सयभन्दा धेरै भेडीगोठ जोखिममा
बाग्लुङको सिगानामा चौबिस वर्षपछि सडक स्तरोन्नति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो