लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्।
मुख्यमन्त्रीसँगै तीन मन्त्रीले पनि शपथ लिएका छन्। एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुन छन्।
उनीहरू सबै विनाविभागीय मन्त्री हुन्। महरा रोल्पा प्रतिनिधि सभा क्षेत्रनम्बर १ को प्रदेश सभा १ बाट निर्वाचित भएका थिए।
यसअघि उनी एमालेको लिला गिरी नेतृत्वको सरकारका पालामा तीन महिना आर्थिक मामिला मन्त्री बनेका थिए। संघीय सरकार समीकरण उलटफेर भएपछि त्यसको बाछिटा प्रदेशसम्म पुग्दा उनी मुख्यमन्त्री बनेका हुन्।
उनलाई लुम्बिनी प्रदेशसभामा रहेका १० दलका ८७ सांसदमध्ये पाँच दलका ४८ सांसदको समर्थन छ। उनलाई मुख्यमन्त्री बनाउन एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, नेकपा एकीकृत समाजवादी पार्टीका १ र एकजना स्वतन्त्र सांसदले समर्थन गरेका थिए।
२०२० सालमा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं ५ (साविक गजुल गाविसको वडा नं २) मा जन्मिएका महरा २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका थिए।
राजनीति शास्त्र तथा अर्थशास्त्रमा स्नातक गरेका महराले २०३७ सालदेखि २०५० साल सम्म शिक्षकको रुपमा विभिन्न विद्यालयमा अध्यापन गराएका थिए।
उनी २०४२ सालमा अनेरास्ववियु दाङका सचिव, २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका थिए। महरा २०५० सालदेखि पार्टीमा पूणर्कालीन सदस्य हुँदै २०५१ सालमा नेकपा माओवादी रोल्पाको जिल्ला सेक्रेटरी भएर भूमिगत रुपमा सशस्त्र विद्रोहमा संलग्न थिए।
उनी २०५६ सालमा माओवादीको प्रवास विभागको जिम्मेवारीमा पुगेका महरा २०६० सालमा केन्द्रीय सदस्य बनेका थिए। २०७८ सालमा स्थायी समिति सदस्य बनेका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अत्यन्त निकट र विश्वासपात्रका रुपमा रहेका महरा प्रचण्डकै अडान र जोडबलका कारण गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका हुन्।
२०६२ सालदेखि प्रचण्डका स्वकीय सचिव बनेका महरा २०६४ सालमा समानुपातिक बाट संविधानसभा सदस्य बनेका थिए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने