नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।
गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ ९दीपक मनाङ० को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।
त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि कांग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।
अधिकारीको नियुक्ति गैरसंवैधानिक हुने नेपाली कांग्रेस संसदीय दलको ठहर छ ।
निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता पाण्डे आजै सर्वोच्च अदालत पुगेर अधिकारीको नियुक्ति विरुद्ध रिट हाल्ने तयारीमा छन् । त्यसका लागि उनी मुख्यमन्त्री निवासबाट पोखरा विमानस्थल पुगेका छन् ।
यसअघि अधिकारीले आजै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । त्यसपछि नियुक्ति रोक्न प्रदेश प्रमुखसँग पाण्डेले भेट तय गरेका थिए । तर, भेटघाट अघि नै अधिकारी मुख्यमन्त्री नियुक्त भए । काँग्रेसले असहमति पत्र दर्ता गरेको पनि नियुक्त भइसकेपछि हो ।
भेट रद्द गरी पाण्डेले आफ्नै सरकारी निवासमा कानुन व्यवसायीसँग परामर्श गरे । सोही परामर्शपछि उनी काठमाडौं उड्दै छन् ।
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
सांकेतिक भाषा तालिम समावेशी समाज निर्माण तर्फको महत्वपूर्ण कदमः मन्त्रीथापा
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध