गण्डकीमा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले एक पछि अर्को रेकर्ड राखिरहेकै छन् ।
संसदको अंकगणितका कारण उनको पल्लाभारी छ । पहिलो कार्यकालमा पनि तीन पटक मन्त्री भएर रेकर्ड राखेका मनाङेले दोसैो कार्यकालमा पनि उस्तै अंकगणितले अवसर मिलिरहेको छ । उनी हरेक सरकारमा मन्त्री हुने सांसद बनेका छन् । कहिले पार्टीमा जोडिन्छन्, कहिले स्वतन्त्र बन्छन् । जे फाइदा हुन्छ, उही गर्दै आइरहेका छन् ।
कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा रोज्जा मन्त्रालय भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री बनाएर मनाङेको भाउ बढाइसकेको अवस्था छ ।
गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङे पाँचौँपटक गण्डकी प्रदेश सरकारको मन्त्री बन्ने भएका हुन् । अधिकारीलाई मुख्यमन्त्री बनाउन निर्णायक मत दिएर उनी पुनः मन्त्री बन्न लागेका हुन् । एमाले स्रोतका अनुसार उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मागेका छन् । सरकार बनाउन निर्णायक मत दिएकाले मुख्यमन्त्री अधिकारी पनि मनाङेलाई उक्त मन्त्रालय दिन तयार छन् ।
सरकार गठनमा मनाङेको साथ खोज्दै एमालेका सांसद पछिल्लो समय उनलाई भेट्न गएका थिए । त्यो भेटमा उनले गृहजिल्ला मनाङमा केही विकासका योजना पार्नुपर्ने भएकाले आफूले भौतिक मन्त्रालय रोजेको तर सामाजिक विकास मन्त्रालयमा रहेर धेरै काम गर्न सक्ने बताएका थिए ।
‘मनाङलाई हेप्छन् । २/३ वटा प्रोजेक्ट त्यहाँ लैजानु छ । मेरो त ब्याकग्राउण्ड पनि खेलकुद हो । यहाँ यो इन्जिनियरले फसाइदिन्छन् । म धेरै बस्दिनँ,’ उनले भनेका थिए, ‘सरकार बनाउने भए ३० पुर्याउनुस्, एक म दिम्ला नि । तर यो विघटन भन्नेतिर जानु हुन्न ।’
मनाङे यसअघिको प्रदेश सरकारको कार्यकालमा ४५ दिनमै तीन पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । २०७८ साल १६ वैशाखमा तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी पहिलो पटक मन्त्री बनेका थिए । मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा दिएपछि मनाङे स्वतः पदमुक्त भएका थिए ।
२९ वैशाखमा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले शपथ लिएपछि पुरानै मन्त्रीलाई निरन्तरता दिएका थिए । ९ जेठमा मनाङे फेरि सोही मन्त्रालयमा दोहोरिए । कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङेले २०७८ साल असार अन्तिममा गठबन्धन सरकारमा पनि सोही मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसपछि संसदको दोस्रो कार्यकालमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले उनलाई गत ५ चैतमा भौतिक पूर्वाधारमन्त्री बनाएका थिए ।
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला