पोखरा १२ का ज्येष्ठ नागरिकलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

स्वास्थ्य शिविर

पोखरा १२ का ज्येष्ठ नागरिकलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

वडाबासीका स्वास्थ्यप्रति वडा कार्यालय सचेत छः अध्यक्ष बास्तोला

pkr 122

अमरसिंह मावि र शितलादेवी माविमा ‘इमर्जेन्सी रुम’ स्थापना

पोखरा । ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक शिविरबाट लाभान्वित भए । स्वास्थ्य शिविरमा ३१२ जनाले सेवा लिएको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्ट फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापा, डा. कृष्ण थापा, डा.हरिकृष्ण भण्डारी, डा. चुममाया पुन लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरे ।

बिरामीको सुगर, प्रेसर, मृगौला र मुटुको परीक्षण गरिएको थियो । निःशुल्क भिडियो एक्सरे र इसीजी परीक्षणसँगै सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको परामर्श लिन पाएपछि ज्येष्ठ नागरिक खुशी देखिन्थे । गत वर्ष वडाले घरघरै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो ।

घरमा पुग्दा सबै प्रकारका जाँच गर्न प्राविधिक समस्या हुने भएकाले वडामा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरेको वडाध्यक्ष बास्तोलाले बताए । वडाबासीका स्वास्थ्यप्रति वडा सचेत रहेको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षमा सामुदायीक विद्यालयमा आफ्ना छोराछोरी पढाउने हरेक परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने वडाध्यक्ष बास्तोलले उद्घोष गरे । ‘जतिपनि वडाका स्थायी बासिन्दा हुनुहुन्छ अथवा बसाँइसराइँ लिएर आउनुभएको छ । उहाँहरुले सामुदायिक विद्यालयमा गएर आफ्ना बालबच्चा पढाइदिनुभो भने हामीले निःशुल्क स्वास्थ्य बीमा गर्दिन्छौं’ – उनले भने । ज्येष्ठ नागरिकको मात्रै नभएर बालबालिकाको स्वास्थ्यमा पनि वडाले ध्यान पुर्‍यएको वडाध्यक्ष बास्तोलाले बताए ।

बालबालिकालाई मध्यनजर गर्दै अमरसिंह मावि र शितलादेवी माविमा ‘इमर्जेन्सी रुम’ स्थापना गरिएको छ । दैनिक १० देखि १५ जना विद्यार्थीले स्वास्थ्य सेवा लिइरहेका छन् ।

यसअघि पनि वडाले महिला लक्षित स्तन क्यानसर र पाठेघरको मुखको क्यानसरबाट जोगाउने सचेतनासहितको स्वास्थ्य शिविर आयोजना गरेको थियो । अमेरिकन नर्सिङ एसोसिएशनसँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरसमेत आयोजना गरेको वडाले पटक पटक स्वास्थ्यका कार्यक्रम गर्दै आइरहेको छ ।

शनिबार भएको स्वास्थ्य शिविरमा बोल्दै प्रा.डा.बुद्धिबहादुर थापाले ज्येष्ठ नागरिकले औषधि सेवनमा तालमेल मिलाउनुपर्ने बताए । उनले सुगर, प्रेसर, कोलेस्ट्रोल, युरिक एसिड, र थाइराइडले मानव शरीरलाई सताउने बताए ।

‘यी रोग कोहि पहिला निस्कने कोहि पछि निस्कने । जहिले पनि दुःख दिइरहेको हुन्छ’, उनले भने, ‘यी रोगले कसैलाई हर्टअट्याक, मष्तिसकघात, किड्नी खराबसम्म अवस्था ल्याउँछ ।’

अमर पोलिक्लिनिक अमरसिंह चोक र यूआरएल हस्पिटलचोकको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । यूआरएलले निःशुल्क रगत परीक्षण गरेको थियो ।

शिविरमा सेवा लिएकाले थप चेकजाँच गर्न चाहेको खण्डमा ३० प्रतिशत छुटमा सेवा दिने यूआरएलका निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए । रोग लाग्नुभन्दा पहिले नै सजगता अपनाएमा स्वस्थ्य जीवन जिउन सकिने उनको भनाइ छ ।

‘क्वालिटी लाइफ जिउनका लागि नसर्ने रोग खानपिन र जीवनशैलीबाट लाग्छन् । समयमै चेकजाँच गरेर थाहा पाउन सक्यौं भने स्वस्थ जीवन प्राप्त गर्न सक्छौं’, उनले भने । बेलामै रोग लागेको पत्ता भए सामन्य औषधिले पनि निको हुने पन्तले उल्लेख गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ