पोखरा । सुपर भ्वाईस अफ त्रिवेणीको फाइनल शनिबार हुने भएको छ । जसमा उपाधिका लागि २० प्रतिस्पर्धी भिड्ने भएका छन् । त्रिवेणी संगीतालय पोखराद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय गायन रियालिटी शो सुपर भ्वाईस अफ त्रिवेणीका लागि प्रतियोगीहरु भिड्ने भएका हुन् । पोखरा उद्योग बाणिज्य संघ गैह्रापाटनको सभाहलमा हुने फाइनलमा प्रतियोगीहरुको सांगीतिक प्रतिस्पर्धा हुने आयोजक संस्थाका निर्देशक नवराज बरालले जानकारी गराए ।
उनका अनुसार माघ महिनाबाट सुरु भएको सुपर भ्वाईस अफ त्रिवेणाीमा १०५ जना प्रतियोगीहरुको सहभागिता थियो । जसबाट २० जना प्रतियोगी फाइनलमा पुगेका हुन् । विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका दिपेश नेपाली, कृषीका घिमिरे, समर लोहनी, दिपक परियार, प्रशान्ती श्रेष्ठ, मनोज सेञ्चुरी, लकुश पुन, महिमा खड्का, रुपेश थापा, तेज कुमार लिम्बु, आशा राई, सलिना विक, विजेश नेपाली, रितु थापा, अंकित भुर्तेल, विशाल परियार, रितिका सेर्पाली, सौजन्या गुरुङ, भुवन अधिकारी, शोभा परियार, र समीर पुन उपाधिका लागि भिड्ने उनले बताए ।
फाइनलमा संगीतकार बीबी अनुरागी, श्यामलाल श्रेष्ठ, करण तामाङ, किशोर सुनार निर्णायकको भूमिकामा हुनेछन् । विजेताले नगद एक लाख, उपविजेताले ५१ हजार, दर्शक रोजाईले ५० हजार, तृतीयले तीस हजार र सान्तवनाले १० हजार रकम पुरस्कार पाउने उनले जानकारी गराए ।
कार्यक्रम संयोजक समेत रहेका बरालले बचत भएको केही रकम काठमाडौंमा उपचार गराइ रहेका संगीत प्रशिक्षक वरिष्ठ धु्रपद गायक पण्डित विष्णु आचार्यलाई सहयोग गर्ने उल्लेख गरे । त्रिवेणी संगीतालयले यसअघि पोखरा लोकतारा, सिङ्गीङ् स्टार, गण्डकी स्टार लगायतका थुप्रै कार्यक्रमको आयोजना गरि सामाजिक सेवामा समेत सहयोग गरेको छ । संगीतालयले थुप्रै स्रस्टाहरुलाई समेत नगद सहित सम्मान गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते