लायन्स सेन्ट्रल गार्डनद्वारा एसईई विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

लायन्स सेन्ट्रल गार्डनद्वारा एसईई विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

Central logo

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइइ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको छ ।

क्लबले सन् २०१६ देखि हरेक वर्ष विद्यार्थीलाई उद्घोषण, भाषणकला, कार्यक्रम प्रस्तोता, नेतृत्व विकास, आधारभूत कम्प्युटर र पत्रकारिता विषयमा निःशुल्क तालिम सञ्चालन गर्दै आएको छ ।

लायन वर्ष २०२३÷२४ का अध्यक्ष तुलबहादुर रानाभाटले क्लबको वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत यो वर्ष पनि विद्यार्थीलाई प्राविधिक तालिम दिन लागिएको बताए ।

क्लबले अघिल्लो वर्ष २१ जना विद्यार्थीलाई झण्डै दुई लाख राशि बराबरको निःशुल्क प्राविधिक तालिम प्रदान गरेको संस्थापक अध्यक्ष हरि भाटले जानकारी दिए ।

तालिम गण्डकी हाईटेक कम्प्युटर तथा व्यवहारिक सीप विकास केन्द्र बगरको प्राविधिक सहयोगमा सञ्चालन हुने पूर्व अध्यक्ष सुब्बा घिमिरे बताउँछन् ।

दुई दशक अगाडिदेखि पोखराका प्रतिष्ठित तालिम केन्द्रमा सहजीकरण गर्दै आएका प्राविधिकद्वारा दिइने शिक्षाले भाइबहिनीलाई आगामी दिनमा उल्लेख्य सहायता पुग्ने पूर्व अध्यक्ष आनन्द पौडेलको आँकलन छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ