पोखरा । नगेन आर्ट डट कम द्वारा आयोजित “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी २०२२ को अवसरमा २३ जना अन्तराष्ट्रिय कलाकार पुरस्कृत भएका छन् ।
प्रतियोगितामा अरनिको इन्टरनेशनल अवार्डबाट सिनान यास्दिमन (तुर्की), लियोनार्दो दा भिन्ची इन्टरनेशनल अवार्डबाट सना घरशिन (पाकिस्तान), पाब्लो पिकासो अन्तराष्ट्रिय अवार्डबाट डा. (एचसी) सोनजय मौर्य (भारत), जॉक्सन पोलक इन्टरनेशनल अवार्डबाट डा. प्रोफेसर. ओरहान सेब्राइलोघु (तुर्की), विन्सेनेट वानगोघ अन्तराष्ट्रिय अवार्डबाट एस राज कुमार (भारत), पॉल गाउगिन इन्टरनेशनल अवार्डबाट मोहम्मद मोहिउद्दीन अहमद (बंगलादेश) जे.एम.डब्ल्यू. टर्नर इन्टरनेशनल अवार्डबाट प्रदीब अधिकारी (नेपाल), माइकलोंगोलो इन्टरनेशनल अवार्डबाट वेणय कुमार बी के (नेपाल), एम.एफ. हुसैन इन्टरनेशनल अवार्डबाट इमरान सूमरो (पाकिस्तान), साल्वाडोर डाली इन्टरनेशनल अवार्डबाट भीमप्रसाद शर्मा (नेपाल), सेडेक्वेन इन्टरनेशनल अवार्डबाट किरणकुमार सिगु (नेपाल), शिल्पाचार्य जैनुल आबेदीन इन्टरनेशनल अवार्डबाट मैक्सिन झी जियान शिन, (मलेशिया), दीवान मिजÞान रहमान इन्टरनेशनल अवार्डबाट सुमन नेपाली (नेपाल) र एमेच्योर इन्टरनेशनल अवार्डबाट मच्छिन्द्रप्रसाद शाक्य (नेपाल) पुरस्कृत भएका छन् ।
त्यस्तै नेशनल स्पेशल इन्टरनेशल अवार्डबाट गुलिजÞर इस्बिलिर (तुर्की), मेराज दानिश (पाकिस्तान), सुकांत कुमार प्रधानी(भारत), एम.डी. मोनिरुल इस्लाम (बंगलादेश), सुमित्रा राणा सुतपराई (नेपाल), ए मारिया डेल कारमेन (मेक्सिको), मुकेश शर्मा (अमेरिका), अन्ना निकोडेमो (इटली), इलोना लाकाटोस (हंगेरी)ले प्राप्त गरेका छन् ।
एक कार्यक्रमका बीच बिहीबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले छनौटमा भएका कलाकारको नाम घोषणा गरेका थिए ।
कलाकारहरुको नयाँ कामको प्रशंसा गर्दै यस्तो मौलिकतालाई अरुले पछ्याउनुपर्नेमा जोड दिए ।
कोरोनाले आक्रान्त पारेको समयमा पनि कलाकारका लागि अन्तर्राष्ट्रिय कला प्रतियोगिता तथा प्रदर्शनी अवसर हुने विश्वास व्यक्त गर्दै उनले पेन्टिङ बिक्रीबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने आयोजकको सोच प्रशंसनीय भएको बताए ।
नगेन न्यूजका खोज सामग्री संयोजक नवीन श्रेष्ठले यस कार्यक्रमले विश्वभरका कलाकारको सामिप्यता बढ्ने बताउदै अन्तर्राष्ट्रिय निर्णायकको लागि विशेष पदवीहरु ग्लोबल र्भस्टाईल आटिस्ट, यूनिर्भसल आटिस्ट र अ ग्लोबल प्यासिनेट आटिस्टको उपाधि दिईएको बताए ।
नगेन न्युज पब्लिकेशनले ‘न प्रायोजक, न समर्थक, न प्रवर्द्धनकर्ता मात्र कलाकारका लागि कलाकार’, ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ हरेक वर्षको नाम, मूल्य र सम्मान दिने उद्देश्यले वर्षमा एक पटक अन्तर्राष्ट्रिय खुला कला अनलाइन प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्दछ ।
पब्लिकेशनका अध्यक्ष ज्योति हमालले कलाको समृद्धि, विकास र प्रवद्र्धनका लागि कलाकार र कलाकार भएको बताउँदै कलाकृति बिक्रीबाट प्राप्त हुने आम्दानीको ७० प्रतिशत कलाकार आफैं, १० प्रतिशत पुरस्कार, १० प्रतिशत कल्याणकारी कार्यक्रम र १० प्रतिशत स्मारिकालाई दिइने जानकारी दिए ।
हमालले ९ देशका ७० कलाकार, १ एमेच्योर र ४ जना निर्णयकहरु(कुल ७४ कलाकार), १८ वर्षभन्दा माथिका, विभिन्न माध्यम, विधि र साइजमा सृजित कलाकृतिहरू धधध।लबनभलबचत।अयm मा २०२३ सेप्टेम्बर ४ देखि प्रदर्शन भैरहेको जानकारी दिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभासद्, कलाकार नगेन सिंहले कोरोना महामारीका बेला कलाकारका बारेमा कसैले केही नगरेकाले सामाजिक सञ्जालबाट केही गर्नका लागि ‘कलाकारका लागि कलाकार’ प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको बताए ।
प्रतियोगिताका निर्णयकमा प्रोफेसर. डा. सुमेरा जवाद, ग्लोबल र्भस्टाईल आटिस्ट (कलेज अफ आर्ट एन्ड डिजाइन, पञ्जाब विश्वविद्यालय), दादुल चालिहा (ग्लोबल आर्टिस्ट, गुवाहाटी, असम, भारत), एनबी गुरुङ, अ ग्लोबल प्यासनेट आर्टिस्ट, (अध्यक्ष, आईडब्ल्यूएस नेपाल) र प्राज्ञ नगेन सिंह (पूर्व प्राज्ञ सभासद्, नेपाल एकेडेमी अफ फाइन आर्ट्स) रहेका थिए ।
सम्बन्धित खबर
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा
डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न कास्की अदालतको आदेश
कास्की हिरासतमा रविको तस्वीर खिच्ने निकोलस भुसाल फेरि पक्राउ
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी