पोखरा ५, पर्स्याङ स्थित शान्ति निकेतन स्कुलका कक्षा १० का विद्यार्थीलाई बिदाई गरिएको छ ।
यहि चैत २३ गते समापन भएको एसईईमा सहभागी भएका विद्यालयका १४ औं ब्याचका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी उत्कृष्ट नतिजाको शुभकामनासहित विद्यालयले एक कार्यक्रमका बीच बिदाई गरेको हो ।
बिदाई कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले यस वर्षको एसईईमा सहभागी भएका सबै ४० जना विद्यार्थीलाई सफलताको शुभकामना प्रकट गरे ।

‘सबै विद्यार्थीहरुले परीक्षामा राम्रो गरेकोमा म विश्वस्त छु । तपाईंहरुले उत्कृष्ट अंक ल्याई शान्ति निकेतनको नाम चम्काउनुहुनेछ, इतिहास रच्नुहुनेछ ।’ डा. पराजुलीले भने – ‘उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीको उज्वल भविष्यको कामना गर्दछु । यो वास्तवमा बिदाई होइन, आगामी दिनको लागि शुभयात्रा हो ।’
बिदाई कार्यक्रममा बोल्दै शिक्षासेवी किरण सापकोटाले विद्यालयको शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा उत्कृस्ट बिद्यार्थी उत्पादन गर्न सफल भएकोमा मुक्त कण्ठले प्रशंसा गरे ।

विद्यालयका सह–प्राचार्य यदुविलास भुर्त्याल, कक्षा १० का कक्षा शिक्षक हेम सुवेदी, अभिभावकको तर्फबाट सुरेन्द्र यादब र माविमा अध्यापनरत सम्पूर्ण शिक्षकहरुले परीक्षामा सहभागी भएका सबै विद्यार्थीले राम्रो गर्नेमा आफुहरु विश्वस्त रहेको भन्दै अग्रिम बधाई प्रकट गरे ।
कार्यक्रममा एसईईमा सहभागी भएका मध्येबाट विद्यार्थी शैलज अधिकारीले आफ्नो अनुभव सुनाए र विद्यालयलाई धन्यवाद पनि दिए ।


सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला