पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सांसदसँग छलफल गरेका छन् ।
गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राप्रपाले चैत २१ गते केन्द्रीय पदाधिकारीको बैठकबाट एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेपछि यहाँ नयाँ सरकार बन्न सकस बनेको छ । सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा काँग्रेस सरकार बन्नेमा सशंकित छ ।
एमाले कास्कीमा निर्वाचित कमिटीको शपथ कार्यक्रममा जानुअघि ओलीले शुक्रबार पोखराको एक रिसोर्टमा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङसँग भेट गरेका छन् ।
गुरूङ यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थिए । उनीसँग भेटमा ओलीले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेका छन् । यसअघि पनि सँगै बस्दा गण्डकीमा धेरै राम्रो काम भएको र अब पनि मिलेर जाँदा धेरै काम हुन सक्ने बताएको गुरूङले जानकारी दिए ।
ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका थिए । अरू कुरा मिलाउने जिम्मेवारी आफ्नो भएको उनले बताए । ‘एमालेका नेताहरूले ओलीजीले भेट्न चाहनुभएको छ भनेपछि भेटेको हुँ । केहीबेर कुरा गर्यौं । उहाँले सहकार्य गरेर जाऔं, केके गर्न सकिन्छ गरौं भन्नुभयो,’ गुरूङले भने ।
सत्ता गठबन्धनलाई साथ नदिने हो भने कांग्रेसलाई समर्थन नगरी तटस्थ बस्न ओलीले राप्रपासँग आग्रह गरेको स्रोतको दाबी छ । गुरूङले आफूले मात्र चाहेर नहुने केन्द्रीय नेतृत्वको निर्णयबाटै चल्ने बताएको जानकारी दिए । प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गर्दै २७ गते ३ बजेसम्मको समय दिएका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते