हेमजा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ । हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सव अन्तर्गत स्टल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । कुल १ सय ४० स्टल मध्य ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । स्थानीय पासको लागि रु २५० मा दिउँसोको कार्यक्रम तथा रु ५०० मा दिउँसो र पप कन्सर्टमा सहभागी हुन पाउने व्यवस्था गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए । महोत्सवमा प्रतिकेजी रु.३८ देखि ४० का बीचमा आलुको काराबार हुनेछ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।
हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने