लागू पदार्थ सेवन गरेर सवारी चलाउने ६ जना चालकलाई स्याङ्जामा पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ का ४७ वर्षीय पदम बहादुर डिसुवा, कास्की पोखरा महानगरपालिका-२९ का २६ वर्षीय विशाल गुरुङ, पोखरा-१९ का ४८ वर्षीय होम बहादुर खत्री, स्याङ्जा वालिङ् नगरपालिका-११ का ३६ वर्षीय साजन थापा, पुतलीबजार नगरपालिका-१ का २६ वर्षीय अजय नेपाली र फेदिखोला गाउँपालिका-२ का ३७ वर्षीय अमृत मिजार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले पुतलीबजार नगरपालिका-१ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा संयुक्त चेकिङ गरिएकोमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उक्त राजमार्गमा गुड्ने सवारी साधन चालकहरुको HENSO TEST KIT द्वारा लागूऔषध सेवन गरे नगरेको चेकजाँच गर्दा ६ जना चालकलाई लापसे सेवन गरि सार्वजनिक सवारी साधन चलाएकोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका चालकहरूले लागूऔषध गाँजा सेवन गरि सवारी साधन चलाएको हुँदा नियन्त्रणमा लिएर `सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा´ मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट पाँच दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाएको डिएसपी रानाले बताए ।
सम्बन्धित खबर
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता