पर्वतको जलजला गाउँपालिका वडा नं. २ मल्लाजको दहमा एक दम्पत्तिको विभत्स हत्या भएको छ ।
स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घर भित्र मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान श्रीमतीनै मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।
घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ। एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे। २ छोरा वैदेशिक रोजगारीको सिलसिलामा कोरिया र एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन्। लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।
स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिए ।
‘घटनाको प्रारम्भिक अवस्था हेर्दा शंकास्पद देखिएको छ’ – उनले भने – ‘पोखरावाट चिकित्सक सहितको टोली बोलाएर थप अनुसन्धान पछि मात्र घटनामा यकिन विवरण आउने छ ।’
जलजला गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रकाश जिसीले घर भित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पत्तिको शव बिहान ९ बजे भेटिएकोे जानकारी दिए ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंनिकट युवाहरूले लगाएका थिए तीनकुनेको घरमा आगो [भिडियो]
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता