स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-१ बजारस्थित खेलमैदानमा दरौँखोला युवा परिवारले आयोजना गरेको वडा क्लब स्तरीय भलिबल प्रतियोगितामा आयोजक दरौँखोला युवा क्लबलाई हराउँदै सम्झना युवा क्लब विजेता भएको छ ।
सम्झना युवा क्लबले गण्डकी प्रदेश भलिबलका सदस्य हिमाल सुनारी र जीवन विक सहभागी दरौँखोला युवा क्लब `ए´लाई ३-२ को सेटमा हराएर विजेता भएको हो । सम्झना युवा क्लबले दरौँखोलालाई २२-२५, २५-१९, २५-१७, २३-२५ र १५-९ अंकले पराजित गरेको हो ।
सम्झना युवा क्लबमा गण्डकी प्रदेश भलिबलका पुर्व कप्तान तथा टिपटप हेल्प नेपाल भलिबलका सदस्य सन्जु बिक्रम शाह र टिपटप हेल्प नेपाल भलिबलका सदस्य चिरन खड्का सहभागी थिए ।
यस्तै, राष्ट्रिय भलिबल नेपालका कप्तान मान बहादुर श्रेष्ठ र सदस्य धन बहादुर भट्ट सहभागी अग्रदिप युवा क्लबले २५-१६, २५-१७ र २५-२० अंकले ३-० को सोझो सेटमा आयोजक `बि´लाई हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।
उक्त भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेता सम्झना युवा क्लबले नगद एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेता आयोजक दरौँखोला युवा क्लब `ए´ले ८१ हजार १११ रुपैयाँ, तृतीय अग्रदिप युवा क्लबले ४१ हजार १११ र सान्त्वना हुने आयोजक `बि´ले ११ हजार १११ रुपैयाँ पुरस्कार हात पारेको हो ।
विभिन्न विधा अन्तर्गत बेस्ट प्लेयर सन्जु बिक्रम शाह, बेस्ट स्पाइकर मान बहादुर श्रेष्ठ, बेस्ट सर्भर धन बहादुर भट्ट, बेस्ट सेटर गौरभ गुरुङ, बेस्ट ब्लकर चिरन खड्का, बेस्ट डिफेन्डर अनिश सुनार, बेस्ट कुइकर हिमाल सुनारी, अनुशासित प्लेयर जीवन विक र बेस्ट कोच अमर गुरुङलाई नगदसहित पुरस्कृत गरिएको हो ।
विजेता तथा उपविजेतालाई गण्डकी प्रदेश सभा सदस्य सुधीर कुमार पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।
फागु पुर्णिमाको अवसरमा आयोजित चैत्र ११ गतेबाट सुरु भएको भलिबल प्रतियोगितामा १९ टिमको सहभागी रहेको थियो । प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरीय खेलाडीहरुको घम्साघम्सी भएको थियो ।
सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
गण्डकी प्रदेश प्रमुखको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो