पोखरा । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक विस्तारको काम प्रभावित बनेको छ । वर्षाले तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्रको काम रोकिएको छ ।
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेलले भने, “दुई किलोमिटर क्षेत्रमा प्राइमर बिछ्याइसकिएको थियो, वर्षा भइरहेका कारण कालोपत्रको काम रोकिएको छ ।”
वर्षाकै कारण काम दुई हप्ता पछाडि धकेलिएको र अन्य पूर्वाधारका काम पनि प्रभावित भएको उनको भनाइ छ ।
आयोजना प्रमुख पौडेलले आगामी असारभित्र ३० प्रतिशत प्रगति हासिल गर्ने लक्ष्यसहित कामलाई गति दिइएको बताए ।
पाँच सयभन्दा बढी मजदुर निर्माणमा खटिएका छन् । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार तयारीको काम भइरहेको छ । कुनै अवरोध नआएमा आगामी दुई वर्षभित्र आयोजनाको काम सम्पन्न हुने उनले बताए ।
तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्म ३८ दशमलव ८८ किमी दूरी रहेको पश्चिम खण्डको आधा क्षेत्र पाँच लेन र आधा जति चार लेनको बन्ने आयोजना प्रमुख पौडेलले जानकारी दिए ।
हाल सडक विस्तार भइरहेकाले प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।
घाम लाग्दा सडक धुलाम्मे र वर्षा हुँदा हिलाम्मे हुँदा यातायात सञ्चालनमा असहज भएको छ । दैनिकजसो भइरहेको वर्षाका कारण ट्राफिक व्यवस्थापनमा पनि समस्या निम्तिएको जनाइएको छ । आयोजनाको पूर्वी खण्डमा पनि वर्षाका कारण सडक विस्तार र कालोपत्रको काम प्रभावित भएको छ ।
एकचालीस दशमलव ४५ किलोमिटर दूरीको पूर्वी खण्डमा हालसम्म ५१ प्रतिशत प्रगति भएको इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।
एसियाली विकास बैंकको सहयोगमा पोखरा-मुग्लिन सडक विस्तारको काम भइरहेको छ । कूल ८१ किमि दूरीको उक्त सडकको पश्चिम खण्डमा पोखरा–जामुने र पूर्वी खण्डमा जामुनेदेखि मुग्लिनसम्मको सडक पर्छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने