पोखरा । नेकपा एमालेको कास्की जिल्ला नेतृत्वमा बैनबहादुर अधिकारी क्षत्री प्यानल नै निर्वाचित भयो ।
पदाधिकारीमा सर्वाधिक बढी मतान्तरले सचिवमा दर्शन लामा विजयी भए । निवर्तमान उपसचिव तथा प्रचार विभाग प्रमुखसमेत रहेका लामा एमाले नेता खगराज अधिकारी समूहका हुन् ।
लामाले प्रतिष्पर्धी पृथ्वीसुब्बा समूहका सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारी मध्ये लोकप्रिय मत ल्याएर लामा सचिवमा विजयी भएका हुन् । अनुभवी र युवा नेतृत्व कास्की एमालेले पाएको छ ।
एमाले युवा नेता दर्शन पोखरा वडा नं. १३ को अध्यक्ष बनेर सक्षम नेतृत्व प्रमाणित गरिसकेका हुन् । उनलाई यसअघि नै मेयरको सम्भावित उम्मेदवारका रुपमा पनि हेरिएको थियो । पार्टीको कास्की जिल्ला उपसचिवमा जितेर प्रचार विभाग प्रमुख भएर मिडियासँग निकट रहँदै जनजनमा दर्शन भिजिसिकेका छन् ।
यस्तो छ दर्शनको राजनीतिक जीवन
२०५८ सालमा प्ररायु संघ नेपाल, आर्वाविजय गाउँकमिटिबाट प्रत्यक्ष राजनीति सुरु गरेका दर्शन त्यसपछि जिल्ला कमिटि कास्कीको सदस्य भए ।
युवा संघ नेपालको उपाध्यक्ष हुँदै अध्यक्ष बनेर नेतृत्व दिए । युथ फोर्स कास्कीको प्रमुख भएर पनि नेतृत्व गरे । युवा संघ नेपालको केन्द्रीय कमिटि सदस्य बनेका उनी युथ फोर्स नेपालकै प्रमुख बने ।
२०६६ सालमा नेकपा एमाले क्षेत्र नं. २ कमिटि सदस्य बने । २०७० सालदेखि २ कार्यकाल एमाले कास्कीको सदस्य भए । २०७८ मा एमाले कास्कीको उपसचिव जिते ।
२०७४ देखि २०७९ सम्म पोखरा महानगरपालिका वडा नं. १३ को वडाध्यक्ष बनी आफूलाई प्रमाणित गरे । पोखरा वडा नं. १३ पोखराकै नमुना वडाका रुपमा रह्यो ।
नेकपा एमालेकै मेयर रहँदा उनले राम्रो कामलाई पूर्ण साथ दिएर नराम्रोलाई नराम्रो भयो, सुध्रिनुस, सच्चिनुस् भन्दै ध्यानाकर्षण गराइरहे ।
उनले साझा वडा अध्यक्षका रुपमा वडामा सबैको साथ समर्थन लिएर अघि बढे र वडाबासीको प्रिय बने । उनले राजनीतिशास्त्रमै स्नातकोत्तर पढेर योग्य बनेका छन् ।


सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते