पोखरा ५ पर्स्याङस्थित शान्ति निकेतन माविले खेलकुद सप्ताह २०८० को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अवसरमा प्रथमलाई स्वर्ण , द्वितीयलाई रजत र तृतीयलाई कास्य पदक वितरण गरिएको थियो ।
खेलकुदमा उत्कृष्ट हुने ९० जनालाई स्वर्ण, ९० जनालाई रजत र ५० जनालाई कास्य पदकद्वारा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले पढाइ र सिकाईका क्रियाकलापसँगै खेलकुदलाई आउदा दिनमा अझै प्राथमिकता दिँदै अगाडि बढ्ने बताए ।
पुरस्कृत विद्यार्थीहरुलाई विद्यालयका भाइस प्रिन्सिपल यदुविलास भुर्त्याल, परीक्षा विभाग प्रमुख हेम सुबेदी, खेलकुद सप्ताह संयोजक सुरज अधिकारी, अतिरिक्त विभाग प्रमुख भुवानी प्रसाद अधिकारी र सिपिएस प्रमुख नारायणी पराजुलीले पदक वितरण गर्दै बधाई तथा शुभकामना दिए ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
एमालेका जनप्रतिनिधिले मागे पोखरा महानगरको विशेष नगरसभा
पोखरा वडा नं. १२: आइटी पढ्नेलाई नि:शुल्क इन्टरनेट
पोखराका मेयर धनराज आचार्यको निर्णयविरुद्ध वडाध्यक्ष बरालको आपत्ति
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते