पोखरा । नेकपा एमाले कास्कीको जिल्ला नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
हिजो मंगलबार बेलुकी ७ः४० बजेबाट सुरु भएको मतदानमा अहिले बिहान ११ बजिसक्दा १६ घण्टामा जम्मा ६ सय २० जनाले मत हालेको निर्वाचन समिति सदस्य शंकर सैंजुले जानकारी दिए ।

कूल ९ सय ३५ जनाले मत हाल्नेछन् । अझै ३ सय बढीले मत हाल्दा यही हिसाबमा बेलुकी ७ बज्न पनि सक्छ । सैंजुले भने – ‘२ बजे सकिन्छ कि भन्ने हाम्रो अपेक्षा हो । २ बजे सकिएमा ३ बजे नतिजा आउँछ ।’
युवाहरु र उम्मेदवारहरु प्रायः बाँकी रहेकाले राति भन्दा चाँडै सकिने अपेक्षा गरिएको हो ।
विद्युतीय रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक नवराज पाण्डे मतदान स्थलमै खटिएका छन् । उनका अनुसार एक जनाले १ सय २२ नाम चुन्दा चाँडोमा ९ मिनेट लाग्छ । तर, डेढ घण्टासम्म लगाइदिने पनि गरिएको उनले सुनाए ।

१६ वटा मेसिन रहेकाले बढीमा ८ घण्टामा सबै सकिनुपर्ने भन्दै पाण्डेले निकै लामो समय लगाइदिएको बताए ।
मतदानस्थल पोखरा सभागृहको मूल गेटमा घण्टौं लाइन बसेर पुनः सभागृहभित्र पनि घण्टौं लाइन बस्न परेको छ । हिजो बेलुकी ९ बजे मूख्य गेटमा लाइन बस्नेले बिहान ६ बजे मतदान गर्न पाएका छन् । पानीको पर्वाह नगरी मतदाताहरु लाइनमा उभिएका थिए ।
अध्यक्षका लागि तीन जनाबीच चुनाव भइरहेको छ । बैनबहादुर अधिकारी क्षेत्री, माधव बास्तोला, विवेक त्रिपाठी प्रतिष्पर्धामा छन् । बैनबहादुर र माधवको प्यानल नै छ ।
बैनबहादुर स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका र माधव उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र हुन् । विवेकले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले उम्मेदवारी फिर्ता लिएनन् ।
खगराज समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।
पृथ्वीसुब्बा समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा गीता बिक र राधिका शाही योगीले उम्मेदवारी दिएका छन् । उपसचिवमै संगीता सुवेदी पनि प्यानलबाहिरबाट होमिएकी छन् ।
खगराज समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् ।
यो अधिवेशनले १२२ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्टीबाट एकता प्रक्रियामा आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्नेछ । ९ सय ३५ जना प्रतिनिधिले मत खसाल्नेछन् ।

मूल गेटमा ३ घण्टासम्म उभिएर सभागृह भित्र पनि ३-४ घण्टा पर्खनुपरेका प्रतिनिधि
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते