पोखरा । नेकपा एमाले कास्कीको जिल्ला नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार माधव बास्तोला, बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् ।
बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका हुन् । त्रिपाठीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
खगराज समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।
पृथ्वीसुब्बा समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा गीता बिक र राधिका शाही योगीले उम्मेदवारी दिएका छन् । उपसचिवमै संगीता सुवेदी पनि प्यानलबाहिरबाट होमिएकी छन् ।
खगराज समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका वैनबहादुर यसअघिका जिल्ला सचिव हुन् । पृथ्वीसुब्बा समूहका बास्तोला युवा संघको राजनीति हुँदै अध्यक्षमा उठेका हुन् ।

अध्यक्षका उम्मेदवारहरुले आफू गुटको नभइ एमालेका प्रतिनिधिको भावनाअनुसार नेतृत्वमा दाबी गरेको बताएका छन् । अध्यक्षका उम्मेदवार बैनबहादुरले अनेरास्ववियु र पार्टीको गाउँ कमिटी, क्षेत्रीय कमिटी, कार्यालय सचिव, जिल्ला सचिव हुँदै स्वभाविक रुपमा अध्यक्षमा दाबी गर्ने ठाउँमा आफू आइपुगेको बताए ।
अर्का अध्यक्षका उम्मेदवार माधव बास्तोलाले एमाले कास्कीलाई सुदृढ गराउनका लागि नेतृत्वमा आउन चाहेको बताए ।
अध्यक्षकै उम्मेदवार विवेक त्रिपाठी यसअघिका जिल्ला कमिटी सदस्य हुन् । उनले गुटको राजनीतिका विरुद्ध आफूले उम्मेदवारी दिएको बताए ।
अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको गराउने तयारी भइरहेको छ । यो अधिवेशनले १२२ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्नेछ । त्यसपछि थप १० प्रतिशत मनोनित र थप १० प्रतिशत अन्य पार्टीबाट आएकाहरूलाई समेटेर १४१ सदस्यीय कमिटी बन्ने छ । ९ सय ३५ जना प्रतिनिधिले मत खसाल्नेछन् ।


सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते