पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । चैत १० र ११ गते तोकिएको अधिवेशन १२ र १३ गतेसम्म लम्बिएको छ । अधिवेशनको चौथौ दिन मंगलबार बिहान उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको छ । सोमबार प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशनसँगै मंगलबार उम्मेदवारी दर्ताका लागि समय छुट्याइएको हो ।
अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । निर्वाचन कमिटीले मंगलबार नै अधिवेशन सक्ने गरी कामअघि बढाएको छ । निर्वाचन कमिटीको कार्यालयले सोमबार बेलुका साढे ५ बजे मतदाता नामावली प्रकाशन गरेको थियो । लगत्तै मतदाता नामावलीउपर दाबी विरोधको कार्यतालिका थियो र उम्मेदवारको दरखास्त फारम वितरण पनि गरिएको थियो ।
मंगलबार बिहानै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय साथै पुनः नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगत्तै दिउँसो साढे १ बजे मतदान गर्ने कार्यतालिका छ । एमाले कास्कीले आगामी २ वर्षका लागि मंगलबार नै नयाँ नेतृत्व पाउने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार मंगलबार मतदान सकी परिणामसमेत घोषणा हुने छ ।
दुई प्यानलको प्रतिस्पर्धा
एमाले कास्कीको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुनेछ । सोमबार रातिसम्म सहमति नजुटेपछि अध्यक्ष मनबहादुर गुरुङ समूह र सचिव बैनबहादुर क्षेत्रीको समूहबिच प्रतिस्पर्धा हुने पक्कापक्की छ । सचिव क्षेत्री स्वयं अध्यक्षका प्रतिष्पर्धी हुन् भने अर्को समूहबाट अध्यक्षमा माधव बास्तोला छन् ।
सचिवमा हालका उपसचिव दर्शन लामा र सुरेन्द्र गुरुङ प्रतिष्पर्धामा छन् । उपाध्यक्षमा भेषराज बराल र शिवप्रसाद आचार्यले उम्मेदवार दिएका छन् ।
उपसचिवमा लालबहादुर परियार, सन्तु सुवेदी, शारदाकुमारी पराजुली, राधिका शाही योगी, कर्ण गुरुङ, श्रीराम पोखरेल लगायत आकांक्षी छन् । यतिबेलासम्म फाइनल लिस्ट प्राप्त भइसकेको छैन ।
अधिवेशनमा ९ सय ३५ प्रतिनिधि छन् । दुवै समूहले आफूनिकट प्रनिनिधि धेरै रहेको दाबी गरिरहेका छन् । विभिन्न कमिटीहरुबाट गत सातामात्रै अधिवेशन प्रतिनिधि छनोट गरिएको थियो ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते