पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि पोखरामा सुरु भयो । अधिवेशनको उद्घाटन समारोह नयाँबजार स्थित पोखरा प्रर्दशनी केन्द्रमा भएको छ भने बन्दसत्र आइतबार बिहानदेखि पोखरा सभागृहमा जारी छ ।
सोमबार बल्ल मतदानका लागि प्रक्रिया अघि बढेको छ । मतदान समय मंगलबार साढे १ बजे तोकिएको छ । मतपरिणाम घोषणाका लागि राति वा पाँचौ दिन बुधबार मात्र कुर्नपर्ने हुनसक्छ ।

शनिबार उद्घाटन शत्रमा देखिएको दृश्यले नै नयाँ नेतृत्व चयन रोचक हुने प्रमाणित गरेको छ । उद्घाटन शत्रमै नेताहरु फरक फरक टोली बनाएर प्रतिनिधिहरुसँग मत माग्दै थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र त्यसका लागि सकेसम्म सर्वसम्मतको प्रयास हुने जिल्ला अध्यक्ष मनबहादुर गुरुङ बताउँछन् ।
गण्डकीको राजनीति हुँदै जिल्लाको राजनीतिलाई प्रतिष्ठाको विषय बनाएको खगराज अधिकारी समूह र पृथ्वीसुब्बा गुरुङनिकट समूहबिच नै यहाँ प्रतिस्पर्धा हुने देखिन्छ । तर, दुवै समूह गुट रहेको स्वीकार्न तयार छैनन् ।
अहिले कास्कीमा पृथ्वीसुब्बा निकट समूहमा मुख्यगरी जगत विश्वकर्मा र नेताहरु भीम कार्की, दीपक पौडेल र मीनाकुमारी गुरुङ छन् । अधिकारी पक्षमा केन्द्रीय सदस्य कृष्णबहादुर थापादेखि बैनबहादुर क्षेत्री, दर्शन लामा र नवराज ओझा छन् । क्षेत्री यो समूहका अध्यक्षका दाबेदार हुन् ।
दुवै पक्षका दोस्रो तहका नेताहरु सर्वसम्मत गर्ने पक्षमा छन् । तर, केही नेता चुनाव नै गर्नुपर्ने मुडमा देखिन्छन् । जगतले अगुवाइ गरेको समूह भने सकेसम्म चुनाव नगर्ने पक्षमा देखिन्छ । हालसम्म अध्यक्षमै धेरै आकांक्षी देखिएकाले सर्वसम्मत गर्नुपर्ने पक्षमा यो समूहमा छ । बन्दशत्र सुरु नभएसम्म उम्मेदवार सार्वजनिक नगर्न र सर्वसम्मतको प्रयास गर्ने यो समूहको रणनीति छ ।
अधिवेशनमा ९ सय ३५ प्रतिनिधि छन् । दुवै समूहले आफूनिकट प्रनिनिधि धेरै रहेको दाबी गरिरहेका छन् । शनिबार बेलुकासम्म बैनबहादुरको समूहबाट सचिवमा वर्तमान उपसचिव दर्शन लामालाई अघि सार्ने तयारी छ । उनी निकटकाले सचिवमा दर्शनका लागि मत माग्न सुरू गरिसकेका छन् । उनी सर्वाधिक बलिया उम्मेदवार मानिन्छन् ।
जगतले अगुवाइ गरेको समूहबाट अध्यक्षमा माधव बास्तोला उम्मेदवार हुने लगभग तय छ । यद्यपि अध्यक्षमा दीपक पौडेल र तेजनारायण अधिकारी पनि आकांक्षी छन् । शिव अाचार्य उपाध्यक्ष, सुरेन्द्र गुरूंग सचिव, कर्ण गुरूंग र राधिका शाही याेगी उपसचिवमा उठ्ने सम्भावना छ ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते