पोखरा महानगरपालिका १२ मा शहरी स्वास्थ्य केन्द्रको शिलान्यास गरिएको छ । सोमबार वडाध्यक्ष सन्तोष बास्तोलाले शिलान्यास गरेका हुन् ।
पहिलो किस्ता ३० लाखको लागतमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु गरिएता पनि यसको पुरा भने अर्को आर्थिक वर्षमा हुने वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए ।
‘निकै नै जिर्ण अवस्थामा रहेको भवनबाट हुँदै आएको सेवा प्रवाहलाई अझै व्यवस्थित गराउनको लागि नयाँ स्वास्थ्य केन्द्रको भवन पोखरा १२ परीसरमा शिलान्यास गरिएको हो । वडाध्यक्ष निर्वाचित भएको २०/२२ महिना पूरा भएको छ ।
यो अवधिलाई आफैंले पनि गम्भीर समीक्षा गरेको छु र विश्वास गरेको छु कि निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न हरसम्भव प्रयास गरेका छौँ, उनले भने ।’
पछिल्लो समय वडा कार्यालयले स्थानीयलाई प्रत्येक्ष रुपमा जोड्नको लागि विभिन्न कामहरु पनि गर्दै आइरहेको छ । कार्यालयले जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन पनि स्वास्थ्य सेवाको पहुँच बिस्तारको लागि पहल गरिरहेको छ । स्वास्थ्य केन्द्रको भवन बनेपछि भने स्थानीयलाई सहज हुने वडाध्यक्ष बास्तोलाको भनाइ छ ।
सामान्य विरामी पर्दा पनि शहरका ठुला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामै स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन लागिएको हो, उनले भने । शिलान्यास कार्यक्रममा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी एवम स्थानीयवासीको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमी कास्कीका शिक्षक विपिन कार्की निष्कासित
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखराको चरकमा मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते