स्याङ्जाको अर्जुनचौपारीमा फागु पुर्णिमाको अवसरमा आयोजित वडा क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
दरौँखोला युवा परिवारले हरेक वर्ष जस्तै यस वर्षपनि आयोजना गरिएको प्रतियोगिता एक हप्तासम्म चल्ने क्लबका अध्यक्ष किरण काफ्लेले बताए ।
उनले अर्जुनचौपारी -१ बजारस्थित दरौँखोलाको खेलमैदानमा हुने प्रतियोगिता पोल सिस्टममा खेलाइने र वडाभित्रको क्लबभन्दा बाहिरका दुईजना खेलाडीहरु समावेश गर्न पाइने जानकारी दिए ।
अन्तर वडा क्लब स्तरीय प्रतियोगिता अन्तर्गत यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष काफ्लेले बताए ।
चैत्र १७ गतेसम्म चल्ने भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले नगद एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेल संयोजक खिम गुरुङले जानकारी दिए ।
उनले बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट कुइकर र बेस्ट अनुशासित प्लेयर गरि विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने बताए ।
भलिबल प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति प्रदेश सभासद भोजराज अर्यालले खेलका माध्यमबाट देशलाई चिनाउन सकिने तथा मानिसलाई सकारात्मक बाटोतर्फ डोर्याउन खेलको माध्यमले महत्त्वपूर्ण भुमिका निभाउने बताए ।
उनले यो ठाँउ साथै खेलमैदानको विकास निर्माणका लागि प्रदेश सरकारसंग आफू लड्ने बताए ।
उक्त प्रतियोगितामा स्याङ्जा, पर्वत र पाल्पा जिल्लाका गरि २५ क्लबको सहभागिता रहने बताइएको छ ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला