पोखराबाट छुटेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

दुर्घटना

पोखराबाट छुटेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

tourist bus

पोखराबाट काठमाडाै‌ँ जाँदै गरेको पर्यटक बस तनहुँमा दुर्घटना भएको छ । सो दुर्घटनामा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् ।

आज बिहान करिब ६ बजेतिर बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते हुनेमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन् ।

उनीहरूको शुक्लागण्डकीस्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

बसमा २६ यात्रु सवार रहेको बताइएको छ । बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds