अर्जुनचौपारीमा अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल हुने, विजेतालाई एक लाख २१ हजार १११

भलिबल

अर्जुनचौपारीमा अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल हुने, विजेतालाई एक लाख २१ हजार १११

स्याङ्जा, पर्वत र पाल्पाका २५ क्लबको सहभागिता रहने

Volleyball

स्याङ्जाको अर्जुनचौपारीमा अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा स्याङ्जा, पर्वत र पाल्पा जिल्लाका गरि २५ क्लबको सहभागिता रहने बताइएको छ ।

अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ बजारस्थित दरौँखोलाको खेलमैदानमा फागुपुर्णिमाको अवसरमा दरौँखोला युवा परिवारद्वारा हरेक वर्ष जस्तै यस वर्षपनी अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष किरण काफ्लेले बताए ।

क्लबका अध्यक्ष काफ्लेले उक्त भलिबल प्रतियोगिता पोल सिस्टममा खेलाइने र वडाभित्रको क्लबभन्दा बाहिरका दुईजना खेलाडीहरु समावेश गर्न पाइने जानकारी दिए ।

उनले अन्तर वडा क्लब स्तरीय प्रतियोगिता अन्तर्गत यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

क्लबका अध्यक्ष काफ्लेका अनुसार चैत्र ११ गतेदेखि १७ गतेसम्म चल्ने भलिबल प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेताले एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट कुइकर र बेस्ट अनुशासित प्लेयर गरि विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गरिने खेल संयोजक खिम गुरुङले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds